राजेशमान के.सीं

आध्यात्मिक गुरु श्री सत्य साइ बाबाले आफ्नो दिव्य सन्देशमा भन्नु भएको छ – शिक्षा व्यापारमुखी होइन, शिक्षा जीवनोपयोगी हुनु पर्दछ । जीवनोपयोगी अर्थात् सत्य, धर्म, प्रेम, शान्ति र अहिंसा जस्ता मानवीय मूल्यका कुराहरु समेटिएको नैतिक शिक्षाले मात्र मानिसलाई सही मार्गमा डोर्याउन सक्तछ । उहाँ भन्नु हुन्छ – मानव जीवनको प्रारम्भीक चरण बाल्यकाल भएको हुँदा यस्तो शिक्षा बाल्यकालबाटै शुरु गर्नु पर्दछ ।

वास्तबमा वालवालिकाहरुमा सानै उमेरबाट असल चरित्रको जग बसाल्नु नै नैतिक वा आध्यात्मिक शिक्षाको मूख्य उद्धेश्य हो । यद्यपि आजका कतिपय विद्यार्थीहरुले नैतिक शिक्षा ग्रहण गरी आफ्नो उज्वल भविष्य निर्माणतर्फ लाग्नु भन्दा राजनीति, हड्ताल, जुलुस, प्रदर्शन, तोडफोड, नशालु पदार्थको सेवन अनि अनावश्यक र अनुत्पादक बादविबादमा नै आप्mनो बढी समय खर्चने गरेको पाइन्छ । विद्यार्थीको मात्र के कुरा ? कतिपय शिक्षक वर्ग समेत आफ्नो शिक्षण पेशामा भन्दा पनि राजनीतिक गतिविधिमा नै बढी संलग्न रहने गरेको पाइन्छ । परिणामतः शिक्षक र विद्यार्थीबीच अहिले जुन किसिमको आत्मीय सम्बन्ध अथवा हार्दिकता रहनुपर्ने हो, त्यो देखिँदैन । बरु उल्टोे विद्यार्थीले आपूmले आदर सत्कार गर्नु पर्ने शिक्षकप्रति नै मुुखमुुख लाग्ने, अझ त्यस्तै परे मुक्कै बजार्ने र शिक्षकले पनि विद्यार्थीप्रति प्रेम, स्नेह दर्शाउनुको सााटो पाए विद्यालय हातामै भकुर्ने दृष्य परिदृष्य बेलाबखत देखिने गरेको छ । यो अत्यन्त दुःःखद् कुरा हो । त्यसकारण जबसम्म विद्यालयको पाठ्य पुस्तकमा नैतिक शिक्षा समाविष्ठ गरिँदैन अर्थात नैतिक शिक्षालाई अध्ययन र अध्यापनको विषय बनाईँदैन, तबसम्म हामी न एउटा असल नागरिकको अपेक्षा राख्न सक्तछौँ न त असल समाजको नै परिकल्पना गर्न सक्तछौँ । वास्तबमा आज हाम्रो मुलुकमा एउटा कुशल र र्ईमान्दार नेता जन्मन नसक्नुको एउटा प्रमुुख कारण पनि नैतिक शिक्षाकै अभाव हो भनेर मान्न सकिन्छ । अब जुन ब्यक्तिको बायोडाटा नै ढुङ्गा हान्ने र रेलिङ्ग भत्काउने छ भने उ कसरी भोलि गएर एउटा असल नेता बन्न सक्छ ? नीमको वृृक्ष रोपेर आँप कसरी फलाउन सकिन्छ र?

निश्चित रुपमा आजको युगमा हामीलाई आधुनिक शिक्षाको पनि आवश्यकता पर्दछ । हामीलाई भौतिक सुख सुविधा प्राप्त गर्न र सांसारिक ज्ञान हासिल गर्न आधुनिक शिक्षा अवश्य पनि चाहिन्छ । कुनै पनि व्यक्तिलाई आफ्नो जीवन निर्वाहको लागि भौतिक सुविधा र त्यसको लागि व्यवसायिक ज्ञान पनि जरुरी हुन्छ । अतः शिक्षाको एक प्रमुख धेय इञ्जीनियर, डाक्टर, वकील तथा अन्य व्यावसायिक अथवा पेशागत जनशक्ति उत्पादन गर्नु पनि हो । तर हामीले आधुनिक शिक्षाबाट हासिल गरेको ज्ञान मानव हित र कल्याणको लागि पनि उपयोग गर्न सक्नु पर्दछ । हामीले यदि विद्यालय विश्वविद्यालयबाट ठूलठूला शैक्षिक उपाधि र डिग्रीहरु हासिल गर्दै जाने तर त्यसबाट प्राप्त ज्ञान समाजको हित र कल्याणको लागि उपयोग नगर्ने हो भने त्यस्तो शिक्षाको उपादेयता नैै के रह््यो त? त्यसैले हामीले आज जुन शिक्षा हासिल गरिरहेका छौँ त्यो हाम्रो व्यक्तिगत हित र फाईदाको लागि मात्र नभएर मानवीय हित र कल्याणका लागि पनि हुनु पर्दछ । तब मात्र हामी साँचो अर्थमा शिक्षित व्यक्ति भनेर कहलिन सक्तछाँै । यसको लागि हामीले आधुनिक शिक्षा संगसंगै नैतिक शिक्षा पनि ग्रहण गर्नु पर्दछ ।

आध्यात्मिक गुरु सत्य साइ बाबा अगाडि भन्नु हुन्छ – शिक्षा भनेको सांसारिक जीवन निर्वाह गर्ने साधन मात्र होइन । जीवन निर्वाहका निमित्त कुनै न कुनै काम त अशिक्षित व्यक्तिहरुले पनि गरिरहेकै हुन्छन् । तिमीले पनि यदि अशिक्षित व्यक्तिहरुले जस्तै सांसारिक जीवन निर्वाहको लागि मात्र आपूmले प्राप्त गरेको शैक्षिक उपाधि अथवा डिग्रीको उपयोग गर्ने हो भने तिमी र अशिक्षित व्यक्तिमा अन्तर नै के रह्यो त? फरक नै के रह्यो त? त्यसैले सत्य, धर्म, प्रेम, शान्ति र अहिंसा जस्ता मानवीय मूल्यहरु निहित शिक्षा पनि तिमीले ग्रहण गर्नु पर्दछ । जसले तिम्रो वास्तविक मानवीय स्वरुपको पहिचान दिन्छ । “तिमी जहाँ रहे पनि जुनसुकै कार्य गरे तापनि तिमीले आप्mनो जीवनको मुख्य आधार नैतिकतालाई नै ठान्नु पर्दछ । किनकि नैतिकता मानिसको लागि धन सम्पत्ति भन्दा पनि ठूलो हुन्छ । धन सम्पत्ति त जीवनमा आउँछ अनि जान्छ तर नैतिकता आउँछ र बढ्छ” । उहाँले आप्mनो दिव्य सन्देशमा भन्नु भएको छ ।

नैतिकताको सन्दर्भमा कुरा गर्दा दुःखका साथ भन्नु पर्छ कि अहिले हाम्रा अधिकांश राजनीतिक नेताहरुको नैतिकतामा आएको ह्रासकै कारणले गर्दा देश निराशाजनक अवस्थबाट गुज्रिरहेको छ । मुलुक संचालन गर्ने जिम्मा लिन पुगेका हाम्रा राजनीतिक नेताहरु नैतिकता र ईमान्दारीमा भन्दा भौतिक सुख सुविधा र सम्पत्ति थुपार्ने अस्वस्थ प्रतिस्पर्धामा लागेकाले नै देशमा भ्रष्टाचार आज एक किसिमबाट निको नहुने रोगको रुपमा मौलाई रहेको छ, फैलिरहेको छ । यदि हाम्रा राजनीतिक नेताहरुलाई बाल्यकालिन अवस्थाबाटै मानवीय एकत्वको भाव बोकेको नैतिक वा आध्यात्मिक शिक्षा प्रदान गर्न सकिएको भए शायद आज हाम्रो मुलुकले यस्तो दुरावस्था भोग्नु पर्ने थिएन कि१ नैतिक वा आध्यात्मिक शिक्षाको उपयोगिताकलाई हामीले यसरी पनि हेर्नु पर्ने हुन्छ ।

नैतिकताको प्रसंगलाई हामी आफ्नो जीवनको सदाचारसंग पनि जोडेर हेर्न सक्तछौँ । जुन सदाचारभित्र असल चरित्र, विचारको स्वच्छता, निस्वार्थ सेवा आदि पर्दछन् । सदाचार एउटा यस्तो मार्ग हो जसले मानिसलाई सदैव सत्कार्यतर्फ अघि बढ्न अभिप्रेरित गर्दछ । यस सन्दर्भलाई लिएर पनि सत्य साई बाबाले भन्नु भएको छ–नीति अथवा सदाचार भनेको तिमीले आफुलाई करबलले अथवा जबर्जस्ती थोपर्नु पर्ने बस्तु होइन । यो त तिमीमा रहेको स्वाभाविक अन्तरनिहित गुण हो । तिमीले केवल यसलाई जगाउन सक्नु पर्दछ, अक्षुण्ण राख्न सक्नु पर्दछ । यसको लागि उहाँले हामीलाई एउटा सूत्र पनि बताउनु भएको छ । त्यो सूत्र हो – दैवप्रिती, पापभीति र संघनीति अर्थात् परमात्माप्रति प्रेम, पापदेखि डर र सामाजिक उत्तरदायित्वको भावना । यी तीन कुरालाई तिमीले मूलमंत्रको रुपमा अबलम्बन गर्नु पर्दछ । यस मूल मंत्रलाई तिमीले कहिल्यै पनि बिर्सनु हुँदैन भनेर उहाँले आफ्नो दिव्य सन्देशमा भन्नु भएको छ । उहाँको यस सन्देशलाई हामी सबैले त्यसमा पनि विशेषगरी बालबालिका अथवा किशोर–किशोरीहरु जो राष्ट्रका कर्णधार मानिन्छन् र भोलि गएर उनीहरु राजनेता पनि बन्न सक्छन्, कलाकार पनि बन्न सक्छन्, डाक्टर–इन्जिनियर पनि बन्न सक्छन् । उनीहरुले मूलमंत्रको रुपमा लिनु पर्दछ । उहाँ आगडि भन्नु हुन्छ – समय अति मूल्यवान छ । यसको दुरुपयोग नगर । समयको पूर्ण सदुपयोग गर्दै जीवनमा कुन वस्तु चीरस्थायी र सत्य हो भन्ने कुरालाई मनन गरेर तिमीले आफ्नोकर्तव्य पथमा अगाडि बढ्नु पर्दछ ।

वास्तबमा यिनै कुराहरुलाई ह्रृदयङ्गम गरेर हामीले आफ्नो कर्तव्य पथमा निरन्तर अगाडि बढ्नु नै नैतिक शिक्षाको मूख्य उद्धेश्य हो । त्यसैले नैतिक शिक्षालाई पाठ्य पुस्तकमा समाविष्ट गर्नु मात्र पनि ठूलो कुरा होइन । मुख्य कुरा यसबाट सिकेको कुरालाई हामीले समाजको हित र कल्याणको लागि कसरी उपयोग गरेका छौँ अथवा गर्न सकिरहेका छौँ त ? नैतिक शिक्षाकोे मुख्य उपलव्धि र सार यसैमा निहित रहने गर्दछ ।

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *