माघ १८ ,काठमाडाैँ। अमर कीर्तिमानी

सीमा आभासद्वारा लिखित उपन्यास ‘महायुग’ को मन्थन कार्यक्रम शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको छ। उपन्यासमा नेपाली नारीहरूको पिडालाई दर्शाइएको छ।

अनिता कोइराला सहजकर्ता  रहनुभएको मन्थनमा कोइरालाले समालोचक ज्ञानु अधिकारी र प्रगति राईसँग उपन्यासमा उल्लेख भएका विषयहरूका बारेमा प्रश्नहरू सोध्नुभएको थियो। तत्पश्चात् दर्शकदीर्घामा रहनुभएका पाठकहरूबाट राखिएका जिज्ञासाहरूको जवाफ उपन्यासकार सीमा आभासले दिनुभएको थियो। प्रकृति राईले उपन्यासको अघिल्लो भाग आख्यान जस्तो र अर्को भाग ग्रन्थ जस्तो रहेको बताउनुएको थियो। नारी उत्पिडनका कुरा पहिलो खण्डमा उल्लेख भएको पनि चर्चा गरियो। मन्थनमा चार युगहरूको समग्र रुप नै ‘महायुग’ भनेर बताइए तापनि उपन्यासमा महायुगको अर्थ अरू पनि लाग्ने जनाइयो।

मन्थनमा महायुग अब शुरु हुने भनेर पनि सुनाइएको थियो, यसको अर्थ समाजमा नारीहरूलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारमा परिवर्तन नै हो। महिलाहरू बढी इमानदार भएका कारण समाजमा महिला समुह गठन गरेर आर्थिक कारोवार र व्यवसाय भैरहेको पनि बताइएको छ। परिवर्तन भनेको महिलाहरू अगाडि आउने युग हो र महिलामा शक्ति हुन्छ भनाई पनि चर्चा गरियो। समालोचक डा. ज्ञानु अधिकारीले मन्थनमा “पुरुषलाई खाल्टोमा हाल्न खोजेको भने होइन” भन्नुभयो। वागद्वार साहित्य समाज, बुढानिलकण्ठको आयोजनामा भएको सो मन्थन कार्यक्रममा सञ्चारकर्मी, लेखक तथा साहित्यकारहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो।

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *