कमला देवकोटा
घरकि एक्ली छोरी म
पिठो जस्तै गोरी म
हात गोडा पाखुरा
मान्छेको बच्चा बबुरा।
मेरो माथ सानो छ
तुम्बो पनि सानो छ
आँखा मेरा तेजिला
कान दुई जोशिला।
बुबु लिटो मीठो छ
खाना मेरो पिठो छ
आमा मेरी पियारी
बाबा मेरो हिरो छ।
जन्म दिने आमाको
बढी माया हियाको
गर्छिन् सदा सुसार
उनै मेरी धन्सार।
पाल्पा। हालः बुढानिलकण्ठ, काठमाडौं।