संसारमा जति पनि प्राणीहरु छन् उनीहरुको आहारा सेवन गर्ने तरिका फरक फरक छन्। हरेक प्राणीले बाँच्नका लागि नियमित रुपमा केही न केही त खानैपर्‍यो। चरा आदिको दाँत नहुने हुँदा आहारा मुखबाट सिधै पेटमा पुर्‍याउँछन् भने अन्य केही प्राणीहरुले पनि यस्तै गरी आहारा लिनेगर्छन्। खानेकुराको स्वाद मजाले विस्तारै लिनेमध्येको बुद्धिमानी प्राणी मानिस नै हो। धेरैबेर स्वाद लिएर खाएपछि दाँतका कुनाकाप्चाहरुमा खानेकुराका केही साना अंशहरु अड्किनु स्वभाविकै हो। मानव स्यभ्यताको विकास हुने क्रममा पहिले पहिलेका मानिसहरुले साना वृक्षका डाला वा हाँगा भाँचेर दाँत सफा गर्दथे। यस्तो काम नेपालका ग्रामीण भेगमा केही दशक अघिसम्म पनि कायमै थियो। अहिले बजारमा विभिन्न किसिमका मञ्जन अर्थात् टुथपेस्ट र ब्रसहरु उपलब्ध छन्। कतिपय दन्तमञ्जनमा हानिकारक तत्व मिसाइएको पनि हुन्छ, जुन कुरा बेलाबेलामा सञ्चारमाध्यमहरुबाट प्रकाशन भैसकेका छन्। मर्क्युरीयुक्त अर्थात् पारद मिलाइएको दन्तमञ्जन स्वास्थ्यका लागि हानिकारक छ भनिन्छ। यहाँ बालबालिकाहरुले आफ्नो दाँत स्वस्थ राख्नका लागि तथा अभिभावकले उनीहरुका निमित्त ध्यान दिनुपर्ने केही बुँदाहरु दिइएको छ।

१. शिशु जन्मिएको केहि महिनापछि उम्रिने बालबालिकाको अस्थायी दाँत सीमित अवधिमा झर्ने गर्छ र नयाँ दाँत उम्रिने गर्छ, दाँत हल्लिएपछि सुरक्षित तरिकाले उखेल्नुपर्छ।

२. हरेक बिहान बेलुका खाना खाइसकेपछि नियमित रुपमा दाँत माझ्ने, बेलुकी खानापछि पानी बाहेक अरु ठोस वस्तु नखाने

३. डेढ दुई मिनेट ब्रस गरे पुग्छ, धेरै समयसम्म घोटिघोटी दाँत माझ्नु हुँदैन

४. ब्रस गर्दा ब्रसले दाँतको सबै क्षेत्र भेट्ने गरी माझ्ने

५. हरेक महिना ब्रस परिवर्त गर्ने, सकेसम्म नरम ब्रस प्रयोग गर्नुपर्दछ किन कि कडा खालको ब्रसले दाँतको इनामेल नस्ट गर्नसक्छ

६. गुलियो कुरा त्यसमा पनि सकेसम्म चकलेट नखाने, यदि खाएमा तत्कालै ब्रस गरिहाल्ने र बाहिर रहेको अवस्थामा चकलेट खाएपछि सफा पानीले मजाले कुल्ला गर्ने

७. बजारमा उपलब्ध तयारी खाद्यवस्तु अर्जात् जंगफुडहरु सकेसम्म सेवन नगर्ने

८. हरेक छ।छ महिनामा नेपाल मेडिकल काउन्सिलबाट इजाजत प्राप्त दन्त चिकित्सकलाई भेटेर दाँत परीक्षण गराउने।(डल्फिन डेण्टल केयर सेन्टर, पोखराका दन्त चिकित्सक डा. नेत्र प्रसाद सिलवालसँग सम्पादक अमर कीर्तिमानीले गर्नुभएको कुराकानीमा आधारित)

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *