१५ जेठ, काठमाडौं । मानसिक स्वास्थ्य तथा जीवनोपयोगी शिक्षाको क्षेत्रमा परामर्श एवम् प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको माइन्ड प्लसले शिक्षण पेशा गर्दै आइरहेका शिक्षकहरुलाई प्रशिक्षित गरेको छ।
राजधानीको बसुन्धरास्थित हनि बी मन्टेश्वरी स्कूलसँगको सहकार्यमा माइन्ड प्लसले सो विद्यालयमा कार्यरत शिक्षकहरुलाई एकदिने कार्यस्थलगत थकान तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गरेको हो । पन्ध्रजनाको सहभागितामा सम्पन्न भएको सो अभिमुखीकरण कार्यक्रम आफ्ना विद्यालयका शिक्षक तथा कर्मचारीहरुको मनोवल वढाउने र उनीहरुलाई पुनर्ताजगी गराउने उद्देश्यले यस तालिमको आयोजना गरिएको विद्यालयकी प्रिन्सिपल कमला घिमिेरे अधिकारीको भनाइ रहेको छ ।

शिक्षकहरुले कार्यस्थलमा भोग्नुपरेको तनाव व्यवस्थापन र थकान न्यूनिकरण गर्नु तालिमको उद्देश्य रहेको थियो । एक दिने उक्त कार्यक्रमलाई मनोविमर्शकर्ता एवम् जीवन प्रशिक्षक नवीन पल्लवले सहजीकरण गर्नु भएको थियो । प्रशिक्षक पल्लवले अभिभावक तथा समाजले शिक्षकहरुको मनोविज्ञान बुझेर उनीहरुलाइ थप उत्साह प्रदान गर्न खासै चासो नदिएको समेत उल्लेख गर्र्दै कार्यस्थलमा तनाव व्यवस्थापन र थकान न्युनिकरण सम्बन्धी अभिमुखिकरण प्रदान गर्नुभएको हो । यसखाले अभिमुखीकरण कार्यक्रमहरुले आफुहरुमा थप उत्साह थपिने सहभागिहरुको भनाइ छ ।
सामाजिक सङ्घसंस्था, स्वास्थ्यकर्मी, शैक्षिक संस्था एवम् विभिन्न व्यावसायिक तथा पेशागत संस्थान लगायतका क्षेत्रमा कार्य गर्दै आएको माइन्ड प्लसले पछिल्लो समय माइन्ड प्लस विथ स्कूल, माइन्ड प्लस हेल्थ फर हेल्थ वर्कर भन्ने परियोजना सार्वजनिक गरेको छ । जसअन्तर्गत सरोकारवालाहरुसंग सहकार्य गर्दै मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य रहेको छ ।

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *