ललिता ‘दोषी’
ठुस्केर बसेका छन् मेरो प्यारो सानो भाइ
हुर्रहुर्र गर्दै खेलून् आँगनीमा फेरि आई।
सानै छन् राम्रो–नराम्रो छुट्टा्याउन जान्दैनन्
जिद्दी नगर भनेको कहिलेकाहीँ मान्दैनन्।
उनलाई दुखे कतै दुख्छ मनभित्र
आँखाभरि छाइरहन्छ हाँसेकै ती चित्र।
उनी बढून्, शिखर चढून् यही सोच्छु मैले
मेरा मनका कुराहरू बुझ्लान् तिनी कहिले?
-बुद्धनगर, काठमाडौँ
