२०८३ बैशाख २७/काठमाडौँ
साहित्यकार नवराज पुडासैनी ‘ज्योत्स्ना’ द्वारा रचित मुक्तकसङ्ग्रह ‘एकसय थोपा बालामृत’ एक भव्य समारोहका बीच जोरपाटीको नयाँ बस्तीस्थित भैरव अर्याल स्मृति भवनको सभाहलमा लोकार्पण भएको छ।
कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का अध्यक्ष नवराज लामा, अतिथि डा. विदुला घिमिरे, गंगा कर्माचार्य पौडेल र गोविन्द घिमिरे ‘वेदमणि’ ले सो कृतिको लोकार्पण गर्नुभयो। कार्यक्रमको सञ्चालन साहित्यकार राजन पुडासैनीले गर्नुभएको। कार्यक्रममा अभिनव साहित्य समाजका अध्यक्ष तथा कार्यक्रममा अतिथि गोविन्द घिमिरे ‘वेदमणि’ ले मुक्तककारलाई आगामी दिनमा थप सिर्जनाका लागि शुभकामना दिनुभयो।
अन्य अतिथिहरुले आआफ्ना धारण व्यक्त गर्नुभएको थियो। गजलकार सिद्धनारायण आचार्यले लोकार्पित कृति बालबालिकाहरुका लागि उपयुक्त भएको बताउनुभएको थियो। अन्त्यमा कृतिकार तथा कल्पतरु द्वैमासिकका प्रधान सम्पादक तथा प्रकाशक नवराज पुडासैनी ‘ज्योत्स्ना’ ले सबै उपस्थितहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा साहित्यकारहरु प्रमोद नेपाल, अमर कीर्तिमानी, राजेशमान केसी, राजन भट्टराई, नारायण भण्डारी लगायत कैयन साहित्यकारहरुको उपस्थिति रहेको थियो।