३० फागुन २०८२, काठमाडौँ। भारतको सिलगुढी निबासी प्रदीप रसाइलीले अनुवाद गर्नुभएको लेखक रण काफ्लेको नियात्रा ‘मत्स्यकन्याको मुलुकमा’ पुस्तकको अनुवादित पुस्तक ‘in the country of the matsyakanya’ को शनिबार विमोचन समारोह सम्पन्न भएको छ।

साहित्यकार नन्दु उप्रेती, साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, अनुवादक प्रदीप रसाइली र पुस्तकका मुख्यपात्र चिनीमाया माझीले सो पुस्तकको विमोचन गर्नुभएको थियो। काठमाडौँको सिनामंगलस्थित होटेल रुद्र भ्युमा सम्पन्न भएको उक्त समारोहमा कृष्ण भट्टचन, बुलु मुकारुङ, अमर कीर्तिमानी, विक्रम भक्त जोशी लगायतका लेखक, साहित्यकार , संगीतकार , समाजशास्त्रीहरुको समेत उपस्थिति रहेको थियो।

सो अंग्रेजी भर्सनको प्रकाशक साहित्यपोस्टको आयोजनामा भएको उक्त समारोहमा समीक्षक नन्दु उप्रेतीले यो पुस्तक अग्लो धरोहरको रुपमा रहेको र सोका लागि अनुवादक प्रदीप रसाइलीलाई बधाई दिनुभएको थियो। उप्रेतीले माझीको जनजीवनका बारेमा लेखिएको उक्त नियात्रा पुस्तक जस्ताको तस्तै उतार्नुभएको कुरा व्यक्त गर्नुभयो। कुनै एक भाषाको पुस्तकलाई अर्को भाषामा अनुवाद गर्ने कार्य निकै कठिन काम हो भन्दै सो पुस्तक विश्वभरका पाठकहरुलाई पढ्न अनुवादक रसाइलीले सजिलो गरिदिनुभएको छ भन्नुभयो। समारोहमा माझी जातीसँग जोडिएको रमेश विकलको  ‘अबिरल बग्दछ इन्द्रावती’ को पनि छोटो चर्चा जोडिएको थियो।  समारोहको अन्त्यमा प्रधान सम्पादक अश्विनी कोइरालाले अनुवादक प्रदिप रसाइलीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। प्रदीप रसाइलीले आफ्नो मन्तव्य दिने क्रममा जसले पनि बोल्दा र लेख्दा भाषाका बारेमा धेरै नै ख्याल गर्नुपर्ने कुराहरुमा जोड दिनुभएको थियो। साथै उहाँले सबैले बुझ्ने किसिमको भाषा प्रयोग हुनुपर्ने समेत बताउनुभयो। आशा माझीले सञ्चालन सञ्चालन गर्नुभएको सो समारोहमा मत्स्यकन्याकी मुख्यपात्र चिनीमाया माझीले पनि आफ्नो मन्तव्य दिनुभएको थियो।

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *