मात्रिका घिमिरे

पढ अनि अघि बढ प्यारा बाबु नानी

नराम्रोलाई त्यागी सधैँ लिनु राम्रो बानी।

पढ्नु अनि बढ्नु पर्छ अघि अघि सधैँ

फूर्ति पनि हुनुपर्छ कहिल्यै अल्छी नभै।

बुवा आमा गुरुलाई सधैँ आदर गर्नु

मान्यजनको अर्ती सुन्न हुन्न पछि पर्नु।

गुरुजनको ज्ञान ठूलो, लिनुपर्छ रमाई

आजको ज्ञान भोलिलाई हुन्छ ठूलो कमाइ।

जानुपर्छ विद्यालय सफासुग्घर बनी

समयलाई ख्याल गर्नुपर्छ जहिले पनि।

समय हो महत्वको ठूलो कुरा मान

कुन-कुन कुरा कहिले गर्ने समयलाई जान।

रमाइलो हुन्छ काम खुसी भई गरे

आजको काम अहिले गर भन्नुहुन्न भरे।

अल्छी बानी राम्रो होइन सधैँ विचार गर

फूर्ति भई आफ्नु काममा आफैँ अघि सर।

गुरुजनले लगाएको गर्नु राम्रो काम

सघाउनु घरमा पनि पर्छ तिमी जान।

अग्रसर भई गर्नुपर्छ सधैँ काम पनि

आफु ठूलोे, ज्ञानी हुन्छौ राम्रो मान्छे अनि।

सिजुवा, मोरङ। हालः शंखमुल, काठमाडौं।

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *