– अरुणबहादुर खत्री नदी

रमेश सानैदेखि अल्छी स्वभावको थियो । स्कुलमा सर मिसले दिनुभएको गृहकार्य घरमा गर्न साह्रै नै गाह्रो मान्थ्यो । पढ्नमा पनि उसले अल्छी गर्दथ्यो । रमेशकी दिदी उमा भने साह्रै नै मेहेनती थिइन् । पढ्नमा पनि मेहनत गर्दथिन् । स्कुलमा सर मिसले पढाउनुहुँदा आफूले नजानेको कुरा सर मिससँग सोध्नेगर्थिन् । घरमा बुबाआमाले पनि रमेशलाई गाली गर्नुहुन्थ्यो । छोरा तिमी साह्रै नै अल्छी भयौ” भन्नुहुन्थ्यो । उमालाई चाहि निकै नै माया गर्नुहुन्थ्यो । उमाले आफ्नो कक्षामा सबैलाई जित्न सकेर कुनै कक्षामा पहिला कुनै कक्षामा दोस्रा हुनेगर्थिन् । स्कुलमा वादविवाद प्रतियोगिता हुँदा पनि उमाले भाग लिनेगर्थिन् र बेला बेलामा पुरस्कार पनि पाउँथिन् ।

रमेशलाई स्कुलमा सर मिसले घरबाट गृहकार्य गरेर नलैजाँदा बेञ्चमाथि उभ्याएर आफ्नो हातले दुबै कान समाउन लगाउनुहुन्थ्यो । स्कुलमा सर मिसले पढाउनुहुँदा ध्यान दिएर उसले सुन्दैनथ्यो । सर मिसले पढाउनुभएको पाठबाट कुनै कुनै प्रश्न रमेशलाई सोध्ने गर्नुहुन्थ्यो । रमेशले सोधिएका प्रश्नको सही जवाफ दिन भने सक्दैनथ्यो । उमाले भने सर मिसले सोध्नुभएको प्रश्नको सही जवाफ दिनेगर्थिन् । एकदिन रमेश र उमाको बुबा उनीहरु पढ्ने विद्यालयमा पुग्नुभयो । उहाँले छोराछोरीको पढाइको बारेमा सर मिससँग सोध्नुभयो । सर मिसले हजुरको छोरा रमेश राम्रोसँग पढ्दैन, छोरी उमाले भने मेहनतसँग पढ्नेगर्छिन्‌” भन्नुभयो । रमेशलाई उसको बुबाले बेलुका घरमा पुगेपछि रमेश तिमी राम्ररी पढ्दैनौ रे, तिम्रो पढाई साह्रै नै कमजोर छ रे भनेर आज मलाई स्कुलमा तिम्रो सर मिसले भन्नुभएको थियो” भन्नुभयो । शनिबारको दिन बुबाले रमेश र उमालाई लिएर बजार घुम्न लैजानु हुँदा बाटोमा रमेशको कक्षामा सँगै पढ्ने साथी मनोजको बुबासँग भेट हुन्छ । रमेशको साथी मनोजको बुबाले रमेशको बुबालाई तपाईको छोराले राम्रोसँग पढ्दैन रे स्कुलमा सर मिसले दिनुभएको गृहकार्य पनि कहिल्यै स्कुलमा गरेर लैजादैन रे भनेर मेरो छोराले मलाई भनेको थियो । तपाईले छोरालाई पुल्पुल्याउनु भएकोले तपाईको छोरा मातेर पढ्नमा अल्छी गरेको हुनसक्छ” भन्नुभयो । रमेशको साथीको बुबाले त्यसो भन्नुभएपछि रमेशले त्यस दिनदेखि मेहनत गरेर पढ्नथाल्यो । स्कुलमा सर मिसले दिनुभएको गृहकार्य पनि सधैँ घरमा पुगेपछि गरेर सर मिसलाई देखाउन थाल्यो । सर मिसले उसलाई मन पराउन थाल्नुभयो ।

रमेशले सरस्वती बन्दना पनि कण्ठै पार्‍यो । दिनहुँ बिहान छिटै उठेर आफ्नो दाँत माझेर मुख धोएपछि सरस्वतीलाई धुप बालेर ढोग्दै मलाई बिद्या र बुद्धि दिनुस् मैले धेरै पढेर कक्षामा सबैलाई जित्न सकूँ भनेर बरदान   माग्यो । त्यसपछि उसले मेहनतसँग पढ्नथाल्यो । आफूले नजानेको कुरा घरमा उसले आफ्नो दिदी उमासँग र स्कुलमा सर मिससँग सोध्नथाल्यो । सर मिसले पढाउनुभएको पाठ सोध्नुहुँदा रमेशले सही जवाफ दिनथाल्यो । त्यसपछि रमेश आफ्नो कक्षाको वार्षिक परीक्षामा कहिले पहिला हुन्थ्यो भने कहिले दोस्रा हुन्थ्यो । वुद्धि फिरेपछि उसको भविष्य राम्रो हुँदैगयो । 

बूढानीलकण्ठपासिकोट

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *