युगल बसेल

सिमसिम पानी साउनको
कलाई लाग्छ ननिको ?
झरीभन्दा खडेरी
राम्रो मान्न सक्छ को ?।
जताततै हरियो
हेर्दा दङ्गै परियो
सधैँ टिके हुने थ्यो
साउनको घडी यो ।
सुकेका मुल सर्सिए
मुर्दा खोला बिउँतिए
कस्तो जाति हुँदो हो
सधैँ पानी बग्दिए ।
नआइदेओस् खडेरी
मन्द मन्द होस् झरी
बाढी पहिरो नचलोस्
कसैलाई दुख नपरोस् ।

सन्धिखर्क, अर्घाखाँची ( हाल चन्द्रागिरी ११ )

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *