वासुदेव ठकुरी
पहाडको फेदीमा छ मेरो गाउँ सानो ।
टलटल टल्केको हिउँचुली छ छानो।।
डाँडा पाखा पखेरा रमाइलो मेरो गाउँ।
लाग्छ मलाई पियारो आफू जन्मिएको ठाउँ।।
हिमाल चुली मुन्तिर घाम लाग्यो घमाइलो।
डाँफे चरी नाचेको देख्दा लाग्छ रमाइलो।।
हाम्रो फूलबारीमा सयपत्री फुलेको।
पुतली र भमरा रस चुस्न डुलेको।।
पहाडको टुप्पामा हाम्रो घरबारी छ ।
तल खोला छेउमा खेत बेसी टारी छ ।।
काठमाडौँ।