बिबा तामाङ
अब छोरा तिमी बामे सर्ने भयौँ
झनपछि झन हाँस्ने हुँदै गयौँ।
बाबु अब तिमी थिरी थिरी गर्छौँ
अनि दुई चार पाईला पनि सार्छौँ ।
छोरा हामीलाई खुसी पनि दिन्छौँ
एकएक गरी सबैलाई चिन्छौ।
भन्छु हाँस्दै मैले ताते नानी ताते
अनि गर्छौ तिमी हाते र पाते।
नुहाई धुवाई गरी सफा नाना लगाई
न्यानो घाम तापेर चिसो चिसो भगाई।
पिठ्युँमा बोकेर घुम्न लैजाउँला
दुकान गई फलफूल किनीकन खाउँला।
तिमी रुँदा भोक लागेको महसुस गर्छु
अनि दूध माम तिमीलाई खुवाउँछु।
तिमी आँखा माडदा निन्द्रा महसुस गर्छु
झोलुङ्गोमा सुताई हल्लाएर भुलाउँछु।
अनि लोरी गाएर निद्रा देवी बोलाउँछु
बल्ल पो तिमीलाई सुस्त सुताउछु।
दार्जिलिङ, भारत।