अमर कीर्तिमानी। काठमाडाैँ

शनिबार कवि प्रमोद नेपालको चाैथाे कृति ‘रश्मीपुञ्ज’का साथ साथै भारत नेपालका छत्तीस जना नारी स्रष्टाको संयुक्त सङ्ग्रह ” नारी टुक्का कविता र भारतका टुक्काकार रतन पाण्डे ” पारतन “काे कृति ” टुक्काकाे मुक्का ” लोकार्पण गरिएको छ।

पुतलीसडकस्थित ग्रिनलिफ फुडल्याण्डमा भएको लोकार्पण समाराेहको सभापतित्व टुक्का साहित्य समाजका काेषाध्यक्ष हाेम प्रसाद नेउपानेले गर्नुभएको थियो। कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बाबा बस्नेत र विशेष अतिथिहरू बरिष्ठ साहित्यकार द्वय रामप्रसाद पन्त र किरण आचार्य हुनुहुन्थ्यो। साथै भारतकी साहित्यकार हन्नाह क्षेत्री पनि विशेष अतिथि हुनुहुन्थ्यो । कार्यक्रम टुक्का साहित्य समाजका सचिव चुडा निर्भिकले सञ्चालन गर्नु भएको थियो।

कार्यक्रममा साहित्यिक क्षेत्रका लव्धप्रतिष्ठित साहित्यकाहरू अरुण खत्री, मदन नेपाल, बसन्तराज अज्ञात, राजेश गडताैला प्राे.डा. जनार्दन आचार्य, इन्दु श्रेष्ठ, सराेज नेपाल, सानुराजा अञ्जान, रेणु अधिकारी ” माैनता”, घन थापा … पवन कुमार बुढाथोकी, जमुना आचार्य , बेदु न्याैपाने लगायतका विभिन्न साहित्यकारहरूको उपस्थिति रहेको थियो।

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *