विमला प्रधान जोशी
चिसो चिसो पानी
पिउनुहुन्न नानी
सँधै तातोपानी पिउने
बसाल है बानी।
चिसो पानी पिउँदाखेरि
तिम्रो घाँटी दुख्छ
घाँटी दुखेपछि
त्यहाँ घाउ पनि हुन्छ।
नदेखिने जिवाणु
पानीमा नै हुन्छ
पेटभित्र पसे भने
रोग व्याधी लाग्छ।
उमाली देऊ पानीलाई
जिवाणु उसै मर्छ
रोग लाग्ने मनको
भय पर परै टर्छ।
सँधै भन्छु नानी तिमी
पानी चिसो नखानु
खाना खानुभन्दा अघि
तातो पानी राख्नु।।
दार्जिलिङ, भारत ।