अमर कीर्तिमानी। काठमाडाैँ

साहित्यकार ललिता ‘दोषी’ले रचना गर्नुभएको बालगीत ‘आयो नयाँ पालुवा’ सार्वजनिक भएकाे छ । डिजिटल प्लेटफर्म युट्युब र फेसबुकमार्फत सार्वजनिक गरिएको यस गीतलाइ बालसंस्कार डटकमले समेत सार्वजनिक गरेको छ।

बालबालिकाको मनोविज्ञान, कल्पनाशीलता र सकारात्मक सोचलाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले नयाँ सुरुवात, आशा र उत्साहको सन्देश बोकेको छ। गीतका शब्द साहित्यकार ललिता ‘दोषी’ले रचना गर्नुभएको हो भने संगीत आश्मा अर्यालले दिनुभएको छ। सरल, मिठासपूर्ण र बालमैत्री शब्द तथा धुनले गीतलाई बालबालिकाका लागि सजिलै गुनगुनाउन मिल्ने बनाएको छ। गीतमा बालस्वर श्रेयदित क्षेत्रीको आवाज सुन्न सकिन्छ, जसले गीतलाई अझै जीवन्त र आकर्षक बनाएको छ। गीतको एरेन्जमेन्ट राम कार्कीले गर्नुभएको हो।

बालसंस्कार डटकमले बालसाहित्य, बालगीत, बालकथा र सिर्जनात्मक सामग्रीमार्फत बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याउँदै आएको छ। ‘आयो नयाँ पालुवा’ पनि त्यही अभियानको निरन्तरताका रूपमा सार्वजनिक गरिएको बालगीत हो। गीतले बालबालिकालाई प्रकृति, नयाँ उमंग र सकारात्मक परिवर्तनप्रति आकर्षित गर्ने विश्वास गरिएको छ। डिजिटल प्लेटफर्म युट्युब र फेसबुकमार्फत सार्वजनिक गरिएको यस गीतलाई बालबालिका, अभिभावक तथा शिक्षकहरूले समेत रुचाउने अपेक्षा गरिएको छ।

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *