अमर कीर्तिमानी।काठमाडाैँ
पेरोल साहित्य प्रतिष्ठान नेपालको आयोजनामा स्रष्टा लक्ष्मीदेवी राजभण्डारीका सिर्जनाहरूमाथि विमर्श तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँको त्रिरपुरेश्वरमा रहेको बोेगन भिल्लामा माघ ७ गते सो कार्यक्रम सञ्चालन भएको थियो ।
नेपाली साहित्यका धरोहर बरिष्ठ समालोचक तथा साहित्यकार प्रा.डा.वासुदेव त्रिपाठी प्रमुख अतिथि, अतिथि वरिष्ठ साहित्यकार तथा कलाकार नरेन्दबहादुर श्रेष्ठ र समालोचकद्धय डा.हरि सिलवाल र केशब सिग्देलको उपस्थितमा प्रमुख अतिथिले पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । राष्ट्रिय गानबाट शुभारम्भ भएको कार्यक्रमा आमन्त्रित सम्पूर्ण महानुभावहरूलाई आयोजकका तर्फबाट प्रणव राजभण्डारीले शब्दगुच्छाद्धारा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा लक्ष्मीदेवीका कृतिबाट केही कविहरुले सिर्जना वाचन गर्नुभएको थियो । साहित्यकार ललिता ‘दोषी’ले ‘गुञ्जिरहोस अपार; कविता सङ्ग्रहबाट कविता वाचन गरि कार्यक्रम आरम्भ गरिएको थियो । साहित्यकार लक्ष्मीदेवीका सिर्जनालाई पाठक र स्रष्टाका विचमा पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमा प्रखर समालोचक डा.हरि सिलवालले लक्ष्मीदेवीका नेपाली भाषामा लेखिएका ८ वटा कवितासङ्गह र एउटा निवन्ध कृतिमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयो । उहाँले लक्ष्मीदेवीका सिर्जनामा पाइने विशेषताको परिचर्चा गर्दै यति छोटो समयमा उहाँका कृतिको विश्लेषण गर्न नसकिने र उहाँका कृतिका बारेमा चर्चा परिचर्चा गर्न कम्तिमा पनि एक साताको कार्यशाला गोष्ठी गर्नुपर्ने बताउँदै उहाँका सिर्जनामा जीवन दर्शन र आध्यात्मिक चेतना भएका भिन्न किसिमका सिर्जना रहेको बताउँनुभयो।

समालोचक केशब सिग्देले लक्ष्मीदेवीका अङ्ग्रेजी भाषामा लेखिएका १० वटा कवितामाथि समीक्षात्मक टिप्पणी राख्नुहुँदै सबै कविताका भावलाई नेपालीमा अनुवाद गरेर कार्यक्रममा प्रस्तुत गर्नुभयो, साथै उहाँले लक्ष्मीदेवीका कवित्वको चर्चा गर्नुहुँदै नेपाली साहित्यमा उहाँको आगमन सुखद भएको र उहाँका कृतिको चर्चा परिचर्चाको खाँचो रहेको उल्लेख गर्नुहुँदै लक्ष्मीदेवीका अङ्ग्रेजी भाषाका कविता अझैँ सशक्त रहेको बताउँनुभयो। सिग्देलले लक्ष्मीदेवी रचित अंग्रेजी भाषाको एक बालकविता पनि वाचन गर्नुभएको थियो। अधिकारी विमलाले ‘आलाप अनिमिष’ खण्डकाव्यबाट र अन्जना पौडलले ‘दीप शिखा’ कवितासङ्ग्रहबाट र अङ्ग्रेजी भाषाको एक कविता सन्जु श्रृया राजभण्डारीले वाचन गर्नुभएको थियो । साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.वासुदेव त्रिपाठीले प्रमुख अतिथिको मन्तयमा नेपाली साहित्यले दार्जलिङकी स्रष्टा पाउँनु गौरवको कुरा भएको बताउँनुभयो। साथै लक्ष्मीदेवीका सिर्जनामाथि टिप्पणी गर्नुहुँदैँ भारतका नोवल पुरस्कार विजेता ख्यातिप्राप्त साहित्यकार रविन्द्रनाथ टैगोर नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटासँग दाँज्दै यहाँहरुको लेखनमा प्रभावित भएको बताउँनुभयो ।
प्रमुख अतिथि त्रिपाठीले समालोचनाको विषयमा नेपाली समालोचना परम्परा पश्चिम र उत्तरी प्रभाव भएको र यसलाई पूर्वीय परम्परा अनुसार गर्नुपर्ने र हाम्रो नेपाली मौलिक लोकसाहित्यको सम्वर्द्धन र प्रर्वद्धनमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले अन्तिममा लक्ष्मीदेवीका केही कविता समेत वाचन समेत गर्नुभएको थियो । कार्यक्रममा अतिथि साहित्यकार तथा कलाकार नरेन्द्रवहादुर श्रेष्ठले हामी धेरैले साहित्यकार लक्ष्मीदेवीलाई चिनेका छैनौ, उहाँलाई चिन्न जरुरी छ भन्नुभयो । कार्यक्रममा लेखकीय मन्तव्यमा बोल्नुहुँदै लक्ष्मीदेवीले प्रमुख अतिथि लगायत सम्पूर्णलाई धन्यवाद दिँदैँ नेवारी भाषा, नेपाली भाषा र अङ्ग्रेजी भाषामा लेख्नुभएका कविताहरु वाचन गर्नुभयो, साथै आफू नेपाली बुहारी भएर आउन पाउनु सौभाग्य भएको समेत बताउँनुभयो । कार्यक्रम विर्सजको घोषणा गर्दै सभापति जलेश्वरी श्रेष्ठले लक्ष्मीदेवीको प्रतिभाबाट आफू धेरै प्रभावित भएको र उहाँका कविताले मौन विद्रोह गरेका छन् भन्नुहुँदै आयोजक संस्थाका अध्यक्ष रेणुका भट्टराईलाई धन्यवाद समेत दिनुभयो ।
कार्यक्रमको सञ्चालन पेरोल साहित्य प्रतिष्ठानाकी अध्यक्ष तथा झ्याउरे कविता लेखन पुनर्जागरण अभियानकी अभियन्ता साहित्यकार तथा पत्रकार रेणुका भट्टराई ‘मञ्जरी’ले गर्नुभएको उक्त कार्यक्रममा डा. मुकुन्द वाग्ले ‘पथिक’ आल्फि फोहेन फाक्लुप्पा, इन्दिरा दीक्षित, अमर अधिकारी ‘किर्तिमानी’, महेशराज खरेल, रश्मि रिमाल,चन्द्रमान डंगोल, अरुण पौडेल, मिनु जिरेल, मिसन अधिकारी, वशिष्ठ, वैरागी जेठा, प्रमोद भण्डारी, मञ्जु नेपाल, राधिका श्रेष्ठ, जयन्ती घिसिङ्ग, रुद्र खड्का, जयराम बिडारी, रुवि सत्याल, उत्तमकुमार बज्राचार्य, जीवन लामा, राजकुमार पण्डित, सन्जु श्रृया राजभण्डारी, प्रणव राजभण्डारी, राजेन्द्र श्रेष्ठ, दुर्गाप्रसाद घिमिरे, सन्तोष भुजेल, लालवहादुर भुजेल, नारायणी डंगोल, दिलिपकुमार ठाकुर र रविदत्त दाहाल लगायत अन्य व्यक्तित्वहरूको समुपस्थित रहको थियो ।