-प्रण अधिकारी
नेताहरू हामीलाई कहिले बोलाउछौ
नेताहरू हामीलाई कहिले बोलाउछौ
बहाना धेरै गरेर किन टोलाउछौ?
आफ्नो देशमा रहनलाई भएन अनुकुल
देश बिगार्नेहरूको किन भयो भुल?
देश बनाउछौँ भन्दाभन्दै किन बनेन?
विकासको बाटो चाहिँ कसले खनेन?
विदेश बस्ने बाध्यताले हामीलाई दिक्क
त्यहाँ नेता धन कमाउन सबैतिर ठिक्क।
सुन्दर देशलाई चिथोरेर कुरुप बनायौ
लाज पचाई जनता सामू धेरै गन्हायौ।
सिड्नी, अष्ट्रेलिया