अमर अधिकारी
जुरेलीले गुँड बनायो हाँगाहरुको कापमा
उसको आफ्नै शीप अनि उसको आफ्नै नापमा।
पानी ओत्ने छानो छैन खुला आकाश माथि
भालेपोथी बनेका छन् एकअर्काका साथी।
मिलीजुली गुँड बन्यो केही दिनमा रुखमा
न खुशी सुखमा न त दुःखी दुःखमा।
मान्छेमा जस्तो चिन्ता छैन पन्छी न परे
बाँचुञ्जेल रमाउदै उड्दै गर्छन् अ रे।
कति राम्रो जीवन छ जुरेलीको हेर
कोरलेको बच्चा हेर्न रुखलाई नै घेर।
सन्तोष हुन मानिसले चराबाट सिक्नू
राम्रो बानी लगाएर जीवनभर टिक्नू।
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।