काठमाडाैँ। ‘बालसंस्कार डटकम’ का सम्पादक अमर कीर्तिमानीलाई ‘लघुकथा संसार’ र ‘कविता संसार’ दुइ अनलाइन सञ्चारमाध्यमले हालै राजधानीमा अायाेजित एक कार्यक्रममा सम्मानपत्र प्रदान गरेको छ। दुबै प्रकाशनको तर्फबाट सम्पादक त्रिचन्द्र श्रेष्ठले उहाँलाई सम्मानपत्र प्रदान गर्नुभएको हो।
अमर कीर्तिमानी अर्थात् अमर अधिकारी साढे तीन वर्षअघि सरकारी सेवाबाट निवृत्त भएपछि साहित्य लेखनमा सक्रिय हुनुहुन्छ भने उहाँका केही लेखहरु प्रभावकारी भैसकेका छन् र लेखका कारण राष्ट्रियस्तरमा सुधार भएको पनि पाइएको छ। २०५३ सालमा गोरखापत्रमा ‘भाग्य र कर्म’ शीर्षकको कथा प्रकाशन भएपछि उहाँको साहित्यिक यात्रा शुरु भएको हो। त्यसपछि गोरखापत्र र त्यसका सहप्रकाशन तथा कान्त्तिपुरमा निरन्तर लेख-रचनाहरु प्रकाशन हुँदैआए। उहाँका तीन कृति बालकवितासङ्ग्रह ‘इन्द्रेणी’ आत्मकथासङ्ग्रह ‘ओगिल्जा’ र भाषिका ‘रापतीका अलग शब्दहरु’ सार्वजनिक भैसकका छन्। उहाँकै जीवनीमा आधारित पुस्तक डा. घनश्याम पुडासैनीको लेखन तथा सम्पादनमा ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ प्रकाशन भैसकेको छ।

राजनीति र प्रशासनमा आफूले देखेका विकृति र विसंगतिका विरुद्धमा खरो लेख लेख्नुका साथै ज्ञान-चेतनाका विषयमा उहाँका धेरै लेख प्रकाशित छन्। ‘बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र’ नामक लेख सर्वाधिक लोकप्रिय बनेकाे छ । उहाँ साहित्य तथा लेखनका क्षेत्रमा एकपछि अर्को कीर्तिमान पनि रच्दै आउनुभएका कीर्तिमानीले ३९ वर्ष सरकारी सेवामा बिताउनुभएकाे छ ।
‘प्रेमकुमार-सावित्रा-हेमकुमारी प्रज्ञा पुरस्कार २०८१’ बाट समेत सम्मानित कीर्तिमानीलाइ बालसंस्कार परिवार हार्दिक बधाइ समेत ज्ञापन गर्दछ ।