गङ्गा खतिवडा।काठमाडौ

घुम्ती कवि गोष्ठी नेपालको १५६ ‍औं  नियमित श्रृङ्खला डेढ दर्जन बालबालिकाहरूको रचना वाचन सहित शनिवार सम्पन्न भएको छ।

तारकेश्वरस्थित सेक्रेड हार्ट बोर्डिङ स्कुलमा सशस्त्र प्रहरीबलका आइ जी  राजु अर्यालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सो  विद्यालयमा अध्ययनरत करिब डेढ दर्जन भाइबहिनीहरुको उत्साहजनक उपस्थितिमा उत्कृष्ट सिर्जनाहरु वाचित भएका थिए । तीन चार कक्षामा अध्ययनरत यति धेरै भाइबहिनीहरुको साहित्यप्रतिको रुचि र उत्साह देख्दा असाध्यै खुशी लागेको भविष्यका कर्णधार बालबालिकाको उज्वल भविष्य देखेको कुरा आइ जी राजु अर्यालज्यूले मन्तव्यको क्रममा मुक्त कण्ठले प्रशंसा गरेका थिए । सिर्जन कर्ममा बालबालिकालाई अभिप्रेरित गराउनुको श्रेय स्कुल प्रशासनलाई जाने भन्दै स्कुलका प्रिन्सिपल बद्रीनाथ भट्टज्यू र भाइस प्रिन्सिपल पुरुषोतम अर्यालज्यूलाइ पनि धन्यवाद दिएका थिए । बालबालिकाको उल्लेख्य सहभागिता र उत्कृष्ट रचना वाचन देखेर हुनुपर्छ लेख रचनाहरुलाई आफैले प्रकाशन गरिदिने प्रतिबद्दता जनाउदै साहित्य सिर्जनामा निरन्तर लागिरहन प्रेरित गर्दै प्रमुख अतिथिको जिम्मेवारीबाट बाहिरिएका थिए उनी ।

कार्यक्रमको सभाध्यक्ष सेक्रेड हार्ट बोर्डिङ स्कुलका प्राचार्य श्री बद्रीनाथ भट्टज्यूले गरेका थिए । बाल सिर्जना बाहेक २ दर्जन साहित्यिक व्यक्तित्वहरुले आफ्ना रचना सुनाएका थिए । भाइस प्रिन्सिपल पुरुषोतम अर्यालज्यूले बालबालिकाको सर्वाङ्गिण विकासका लागि साहित्य महत्वपूर्ण पाटो भएकोले उनीहरुमा पठन संस्कृतिको विकास गराउन यस्ता कार्यक्रमहरु आवश्यक रहेको बताउनुभयो । बालबालिकामा रचना सिर्जना र वाचन गर्ने सिकाइ पनि पाठ्यक्रमको कन्टेन्ट जतिकै महत्वपूर्ण हुने भएकोले व्यक्तिगत साथै सामूहिक रचना वाचनमा समेत स्कुलले ध्यान दिएको कुरा व्यक्त गरेका थिए । कक्षा ३ देखि ९ सम्मका भाइबहिनीहरुले शिक्षा परिवार समाज संस्कृति केन्द्रित रचना वाचन गर्नुका साथै आफ्नै हातले बुनेको ढाका टोपी प्रमुख अतिथिलाई मायाको चिनोको रुपमा उपहार दिएका थिए । यसले के स्पष्ट  हुन्छ भने स्कुलमा पाठ्यक्रम र इसिएका आधुनिक सिकाइ मात्र नभएर साहित्यिक नैतिक सामाजिक र हस्तकला सम्बन्धी सिकाइलाइ पनि प्राथमिकतामा राखिएको सजिलै बुझ्न सकिन्छ । जुन आजका सबै विद्यालयले अबलम्बन गर्नु आवश्यक छ । प्रविधिमा अभ्यस्त बालबालिकाको बौद्धिक गुणस्तर सुधार्न साहित्यिक क्षेत्र महत्वपूर्ण बन्ने कुरामा कुनै शंका रहन्न ।बरिष्ठ साहित्यकारदेखि साना बालबालिकाका रचनाहरु सुन्ने सुनाउने प्लेटफर्मको निर्माणमा सेक्रेड हार्ट बोर्डिङ स्कुलको यो कदमलाई अभिभावक शिक्षक र विद्यार्थी सबैले हार्दिक धन्यवाद दिनैपर्छ ।

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *