गाेपाल कुमार मैनाली
हामी गाउँमा हुर्कि बढेका मान्छे । जङ्गल, खोला-खाल्सी, बगर सबै डुले देखेका छौँ ।
सानी छोरीलाई लिएर घुमघामका लागि दुबाई जाने अवसर मिल्यो। दुबईमा बालुवाको पहाड।बालुवाकै चिप्लेटी। फुलै फुलको सौन्दर्य ।समुद्र छेउको रोमाञ्चकता। फराकिला र सफा सडक। गगनचुम्बी महल र कलाकारिता आदि अरु धेरै देखेर छोरीको मनमा खुसीको सिमै रहेन ।
अन्त्यमा विश्व प्रसिद्ध “बुर्जखलिफा” चढ्न र हेर्न पनि पाइयो। घुमिसकेर टाढा पुगेपछि ‘बुर्जखलिफा’तिर फर्केर छोरीले भनिन् -‘बाबा त्यो बनाउने कल्पना कसरी मानवीय मस्तिष्कमा आयो होला? ‘
मैले छोरीको जिज्ञासालाई समाधान गर्न जवाफ दिनैपर्ने भयो।
मैले भने -“छोरी !यो बनाउनु भन्दा पहिले दुबईका इन्जिनियरहरू नेपाल आए । नेपालका पहाड, जंगल, हिमाल सबै घुमे। तराईको चारकोशे झाडीभित्र घुम्न जाँदा धमिराले ठूलो घर बनाएको रहेछ ।त्यो देखेर सबै आश्चर्यमा परे । रमाइलो मानेर त्यसैको फोटो खिचेर लगे । दुबई पुगेपछि ठ्याक्कै त्यसैको नक्कल गरेर “बुर्जखलिफा” बनाए । हाम्रा जङ्गलमा अझै त्यो भन्दा पनि राम्रा राम्रा ‘बुर्जखलिफाहरु’ छन्। मेरो कुरा सुनेर छोरी आश्चर्यमा परिन्।
नेपाल पुगेपछि म तिमीलाई सबै घुमाइदिउँला। तर नेपालमा धमिराले बनाएको “बुर्जखलिफामा” चढ्न चाहिँ पाइँदैन। मैले वाचा गराएँ।
नेपाल पुगेर धमिराले बनाएको “बुर्जखलिफा” हेर्ने मेरी छोरीको इच्छा अवश्य पूरा हुने छ।
काठमाडौँ
९८४१ २५३३ ३३