प्रिन्सिका अधिकारी

हिमरश्मी हाईस्कूल, फुटुङ-७, काठमाडौँ।

आमा म तिम्रै काखमा छु

यो देशको सुन्दर बासमा छु

माया मलाई जुन रुखले दिन्छ

छायाँ पियारो उसकै त हुन्छ।

आमा म तिम्रै दिलमा फुलेको

हूँ कोपिला वागमहाँ झुलेको

तिम्रै दुखेसो अब बुझ्नसक्छु

आँधीहरुमा पनि कुद्नसक्छु।

धर्ती छ हेरुँ रमणीय मेरो

नाच्दै म लगाऊँ यसकै म फेरो

मेची र काली हिउँको म छायाँ

आमा! म तिम्रो ममता र छायाँ।

यी हात मेरा शीरमाथि राख

आमा उज्यालो घरभित्र डाक

चढूँ चुलीमा नगरु बियाँलो

उठी हटाऊँ जगतमा तुवाँलो।

( लोमस वाङ्मय प्रतिष्ठानको कार्यक्रममा वाचन गरिएको कविता)

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *