के.पी.पौडेल
आऊ सब साथी
देखौँ नभ माथि ।
तारा जुन राम्रा
साक्षी बन हाम्रा ।।
तारा जुन माथि
माया गर साथी ।
रोजौँ नव कान्ति
छोडौँ सब भ्रान्ति।।
पूजा भलिभाँती
फूलै शिर माथि।
खेलौँ अब साथी
हेर्छन् जुन माथि।।
बढ्छौँ अब पढ्छौँ
हामी सब जुट्छौँ।
हाम्रो बल जाग्छ
सारा दुःख भाग्छ।।
हामी सब साना
सुन्छौँ भव गाना।
खान्छौँ फल खाना
गर्छौँ गफ नाना।।
बाबा अनि माता
बन्छन् अब छाता।
माया गर भ्राता
सुन्छौँ नव गाथा।।
हालः का.म.न.पा.-१६, बालाजु, काठमाडौं।