नवराज न्यौपाने ’मौन’
दलिनमा गौंथलीले गुँड बनायो
त्यो देखेर मेरो मन औधी रमायो।
चुच्चोबाट हिलो माटो उकेलेको देखेँ
झरी पर्दा आकाशमा खेलेको पो देखेँ।
गुँड भत्काई बच्चा खान्छ ढाडे बिरालोले
गौँथली जान्छ विलाप गर्दै रुँदै पिरलोले ।
यति सानो गौंथलीको कति राम्रो आँखा
सक्ने भए समातेर लिन्थेँ मैले काख।
चुँदी, तनहुँ।