अमर कीर्तिमानी ।भक्तपुर
लोमश वाङ्मय प्रतिष्ठानको नियमित शृङ्खला तथा बालकथासङ्ग्रह उपकारको परिचर्चा एवम् बालरचना बाचन विशेष कार्यक्रम कार्तिक २२ गते शनिवार सम्पन्न भएको छ । प्रतिष्ठानको आयोजनामा भक्तपुरको कमलविनायकस्थित रोम्बस स्कुलमा आयोजित कार्यक्रममा देवराज सिम्खडाद्वारा लिखित उक्त बालकथासङ्ग्रहमाथि बालसाहित्यकार केसरी अम्गाईँले परिचर्चा गरेका थिए। कार्यक्रममा इन्टरनेशनल स्कुलका कक्षा ६मा अध्ययनरत विहान रोकायाले पिँजडामा म सुगा र हिमरश्मी हाइस्कुलकी कक्षा ४मा अध्ययनरत प्रिन्सिका अधिकारीले आमा शीर्षकको बाल विशेष कविता वाचन गरेका थिए।
प्रतिष्ठानका अध्यक्ष माधव घिमिरेअटल को सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. भरत प्रसाद भट्टाराईले शुद्ध साहित्य के हो भन्ने बारेमा विश्लेषण सहितको भनाई राखेका थिए।


कार्यक्रमका विशेष अतिथि साहित्यकार डीपी ढकाल, कृतिकार देवराज सिम्खडा लेखक श्रीराम खाइजु, स्रष्टा पदयात्रा नेपालका महासचिव गङ्गाप्रसाद भेटवाल लगायतका अतिथिहरुले मन्तव्य व्यक्त गरेका थिए । लोमशका कार्यसमिति सदस्य एवम् बालसंस्कार डटकमका प्रवन्ध निर्देशक गंगा खतिवडाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव नविन पल्लवले गरेका थिए ।

कार्यक्रममा बालकविता, मुक्तक र लघुकथा पनि वाचन गरिएको थियो। प्रतिष्ठानकी उपाध्यक्ष सत्या अधिकारी, सदस्य अप्सरा के.सी स्मृति, रोम्बस स्कुलका प्राचार्य डा। राजेन्द्र कोजु , बालसंस्कार डटकमका सम्पादक अमर कीर्तिमानीले र गजल आल्फी फोहेम फाक्लुपा लगायतका सहभागीहरुले रचना वाचन गरेका थिए ।

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *