काठमाडाैँ। अमर कीर्तिमानी

बालसाहित्यको क्षेत्रमा समेत स्थापित साहित्यकार तथा पत्रकार स्व. यादव थपलियाको स्मृतिमा कार्तिक १५ गते अायाेजित सुप्रभात काव्य गोष्ठी, स्मृति सभा तथा सम्मान कार्यक्रममा साहित्यकार एवम् पत्रकार स्व. थपलियाको बालकृति 'फर्सीबाको न्याय' माथि परिचर्चा गरिएकाे छ ।

नागार्जुन वाङ्मय प्रतिष्ठानका संस्थापक सदस्य भई पछि प्रतिष्ठानको उपाध्यक्ष समेत रहेका स्व. थपलियाकाे ४७ अाैँ स्मृतिदिवसकाे अवसरमा उक्त बालकृति लगायत अन्य कृतिहरुमाथि पनि चर्चा गरिएको थियो।

कार्यक्रममा बालसंस्कार डटकमका प्रबन्ध निर्देशक तथा कवि गंगा खतिवडालाई सम्मान गरिएको थियो।

प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. राम प्रसाद ज्ञवाली हुनुहुन्थ्यो भने अतिथि रामदेव पाण्डेले 'फर्सीबाको न्याय' माथि समीक्षा र चर्चा गर्नुभएको थियो।

कार्यक्रममा माइन्डप्लसका प्रबन्ध निर्देशक एवम् बालसंस्कार डटकमका प्रबन्धसम्पादक नवीन पल्लव, सम्पादक अमर कीर्तिमानी, बजार व्यवस्थापक विष्णुहरि घिमिरे र सम्वाददाता शिलाष्मी थपलियाको समेत उपस्थिति रहेको थियो।

गंगा खतिवडा सम्मानित
0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *