रेणु अधिकारी ‘मौनता’
बगैँचामा भुनुनु गर्दै माहुरी हो रे कराउने
रङ्गीचङ्गी फूल चुम्दै गुँडतिर हराउने।
कति धेरै चलाक फूल फूल डुल्दछ
छुन गए उसलाई रिसाएर टोक्दछ।
फूल फूल चाहारेर रस उसले बटुल्छ
आफ्ना साना बच्चालाई खाना जम्मा पार्दछ।
मेहनती माहुरी हो मह जम्मा गर्दछ
फूल फूल डुलेर ठूलो घार भर्दछ।
टोखा न.पा.-१० काठमाडौँ।