ललिता ‘दोषी’

परको त्यो चौतारीमा

खेल्न जाऊ साथी ।

सिरसिर हावा चल्छ

बस्नकतिजाती ।

साना ठूला सबैलाई

चौतारीको माया ।

चौतारीमागई खेलौँ

शीतलु छ छाया ।

पुतली नि आउँछन् साथी !

माहुरी नि आउछन् ।

चिरचिर गर्दै चरीले

मीठो गीत गाउँछन् ।

चौतारीलाई मास्नु हुन्न

बनाउनु पो पर्छ ।

पशुपन्छी मान्छे जाति

सबको हित गर्छ ।

         बुद्धनगर, काठमाडौँ

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *