यसोदा गिरी
तिमी कोपिला हौ फुल्नु छ पहाड सजाएर
हिमाल रसाएर अनि तराई हँसाएर
तिमी बालक हौ ईतिहास जगाउनु छ
वृद्ध हसाउनु छ युवा सघाउनु छ
तिमी भबिष्य हौ अभिमण्डियु बन्न
हुन आधा शिक्षा सिक्नु हुन्न
देशलाई भुल्नु हुन्न
भ्रष्टाचारी खेदाउनलाई ईतिहास जलाउन हुन्न
तिमी समाज हौ
तिमी हिमाल हौ
तिमी पहाड हौ
एकता शक्तिको तिमी देश हौ।
चागुनारायण न.पा.७ भक्तपुर