गङ्गा खतिवडा। काठमाडाैँ

११७ औ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको स्मरण गर्दै बालबालिकाद्वारा लिखित संयुक्त बालकृति परिचर्चा कार्यक्रम कार्तिक २ गते आइताबार सम्पन्न गरिएको छ ।

लोमश वाङ्गमय प्रतिष्ठानकाे आयोजना तथा धुम्बाराही स्थित इन्टरनेसनल स्कुलको सहआयोजनामा आयोजित परिचर्चा कार्यक्रममा  साे विद्यालयका विद्यार्थीद्वारा लिखित कृतिमाथि परिचर्चा गरिएकाे हाे । स्कुलले कथाकल्प मा सङ्ग्रहित गर्दै १४ औ पटक प्रकाशित गरिसकेको छ ।

बाल साहित्य समाजका अध्यक्ष साहित्यकार विजयराज आचार्यकाे प्रमुख अातिथ्यमा बालबालिकाद्वारा नै सञ्चालित कार्यक्रममा साना बालबालिकाको सन्चालन र व्यवस्थापन देउसी भैलो सहितको सांस्कृतिक माहोलले एक भव्यताको मानक झल्काएको थियो ।

घोकन्ते शिक्षा मात्र होइन बौद्दिक विकासका लागि साहित्य र व्यवहारिक शिक्षा दिनु अति नै आवश्यक छ भन्ने मुल उद्देश्य यस विद्यालयको स्थापना कालदेखि नै रहेको छ ।

कक्षा ३ देखि ७ सम्मका भाइ बहिनीहरुको सिर्जनामाथि परिचर्चा गर्ने कार्यक्रमका प्रमुख अतिथि आचार्य भन्छन्- बाल मस्तिष्कले सिर्जना गरेको भावलाई महत्व दिएर पुस्तक प्रकाशन गर्नाले बालबालिकामा म केही हुँ भन्ने भावनाको विकास गर्छ । उनीहरुमा आत्मविश्वास निर्माण गर्छ र भविष्यको उत्कृष्ट नायक बनाउँछ । उनीहरुले परिकल्पना गरेर निर्माण गरेको सुन्दर संसार नै उनीहरुको भविष्य हो जहाँ सत्य हुन्छ, न्याय हुन्छ र आपसी सहयोग, सद्भाव हुन्छ । बाल कथाले कल्पना मात्र गर्दैन उनीहरुको भविष्यको सपना पनि बोकेको हुन्छ । त्यसैले यी नायकहरु अन्यायका विरुद्द लड्छन्, पारिवारिक सहयोग र सद्भाव बाड्छन् असमानताको बिरुद्द लड्छन् र असल मित्रताको भूमिकामा देखिन्छन् ।

लोमश वाङ्गमय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे अटलकाे अध्यक्षता रहेकाे साे कार्यक्रममा कृति परिचर्चाकारका रूपमा डा. छायादत्त न्यौपाने र देवराज सिंखडा थिए । कार्यक्रममा चाँगुनारायण साहित्य समाजका अध्यक्ष लाल बहादुर भुजेल, बाल संस्कारका प्रबन्ध निर्देशक गंगा खतिवडा र अभिभावकले पनि बालबालिकाका सिर्जनसिलता माथि आफ्ना भनाइहरु राखेका थिए ।

कार्यक्रममा माइन्डप्लसका प्रबन्ध निर्देशक एवम् बालसंस्कारका प्रबन्ध सम्पादक नवीन पल्लव, रेडियो नेपालका सम्वाददाता यशोदा अधिकारी, सूचक प्रकाशकका अध्यक्ष दिपक भेटवाल, पत्रकार जयराम बिडारी तथा साहित्यकार रुबी सत्याल लगायतका व्यक्तित्वहरुको अतिथ्यता रहेको उक्त कार्यक्रममा साहित्य क्षेत्रका अभिभावकहरुको आतिथ्यता रहेको थियो ।

बालबालिकामा पठन संस्कृतिसँगै लेखन संस्कृतिको विकास गराउँदै व्यवहारिक शिक्षामा जोड दिनुपर्छ भनेर विगत ३० वर्षदेखि अहोरात्र खटिरहनु भएका विद्यालयका प्रिन्सिपल अनिरुद्र अर्यालको जेन अल्फाप्रतिको सिकाइ र व्यवहारिक ज्ञानको विकासका पक्षमा दिएको प्राथमिकतालाई प्रत्येक अभिभावकले धन्यवाद दिनैपर्छ । बालबालिकालाई साहित्य सिर्जनामा अग्रसर गराउनुपर्छ भनेर स्कुलमा गएर बाल भावनालाई शब्दमा उतार्न सिकाउने गुरु विजयराज आचार्य र सिर्जनाका लागि अभिप्रेरित गर्दै उनीहरुका सिर्जनामा उनीहरुकै सामुन्ने बसेर सम्पादन कार्य गर्दै बाल सिर्जनालाइ उत्कृष्ट बनाउन लागिरहनु हुने बाल साहित्यकार केशरी अम्गाईको योगदान पनि सशक्त रहेको देखिन्छ ।

साहित्य सिर्जनाले सिर्जनशील मात्र होइन नेपाली भाषामा प्रविणता, सोच्ने शक्ति, भावनालाई शब्दमा पोख्ने कला र आत्मविश्वास विकास गर्न ठूलो मद्दत गर्दछ । यसले भविष्यमा उनीहरुलाई राम्रो विद्यार्थी मात्र होइन समाजका सचेत नागरिक र सशक्त व्यक्तित्व बन्ने आधार प्रदान गर्दछ भन्नु हुन्छ प्रधानाध्यापक अनिरुद्र अर्याल । त्यसै गरी केशरी अम्गाईको विचार छ बालबालिकाको पठन संस्कृति त छदै छ त्यसको व्यवहारिक प्रयोगका रुपमा विद्यार्थीहरुलाई लेखन अभ्यासका लागि निरन्तर अभिप्रेरणा प्रदान तथा लेखन, प्रकाशन र पुस्तकको बजारीकरणको वातावरण निर्माण विद्यालयले गर्नु अत्यन्तै सकारात्मक पक्ष रहेको भन्नुहुन्छ । सबै कृतिहरुका सम्पादन केशरी अम्गाईले गरेका छन् ।  

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *