कपिल किशोर घिमिरे

सानो  छु पक्कै  ठुलो  हुन्छु भोलि 

पिताको  सहारा  लिँदै   हिँड्छु  भोलि

मलाई दिदी दाइले निकै साथ दिन्छन्

र  आमा   बुवाले   सधैँ   प्रेम  गर्छन्।

निकै ज्ञान लिई म ज्ञानी हुनेछु

स्वदेशी धराको प्रतिज्ञा लिनेछु

सधैँ  देश  प्रेमी  म आफू हुनेछु

विदेशी  इसारा  विरोधी  हुनेछु।

मलाई छ प्यारो स्वदेशी  धरा यो

म गर्ने छु खेती छ बाँझो गरा यो

म  रोप्ने छु बाली गरी कर्म आफैँ

न ठान्नू छ सानो म गर्ने छु साँच्चै।

छ  सानो कसैले  मलाई  नठान

म जे  गर्छु साँचो र गर्ने  छु  प्रष्ट

जसै जन्मिएँ, यो धरा स्वर्ग ठानेँ

सबै भ्रष्ट फाल्नै छ यो सत्य जानेँ।

सबै  मिल्नुपर्ने  छ  यो  देश  निम्ति

बुढा हुन् कि बच्चा मिले हुन्छ जाती

विदेशी   कसैको  नहौँ  दास  दासी

ल  है  नित्य  हामी  मिलौँ देश बासी।

न हुन् देश द्रोही न  हुन् भ्रष्ट   दास

उज्यालो बनाऔँ सुनौलो भविष्य

स्वदेशी  धराको  भलो  गर्न  निम्ति

सबै  बाल  बच्चा  बनौँ खास ज्ञानी।

६  

दाङ। हालः कैलाली

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *