✍️संगीता खरेल

स्कुलबाट आउनेबित्तिकै प्रख्यातले भन्यो- “आमा! आमा!! आमा!!! मेरो खुट्टा साह्रै दुख्यो।” खाजाको तयारी गर्दै गरेकी आमाले भान्छाबाट भन्नुभयो- “एक गिलास पानी पिउ, बाबू!” प्रख्यातले रिसाउँदै भन्यो- “जे भए पनि पानी मात्र भन्नु हुन्छ मलाई, कति गाह्रो भइसक्यो खुट्टा दुखेर!” आमाले भन्नुभयो- “नरिसाई एउटा सानो काम गर्छौ?” मनमा रिस भए पनि मुन्टो हल्लाउँदै प्रख्यातले हुन्छ भन्यो। आमाले भन्नुभयो- “घर पछाडि करेसाबारीमा खुर्सानीको एउटा बोट ओइलिएको छ त्यसलाई थोरै पानी हालिदेउ र एकैछिन त्यहीँ बस्नु!” “मलाई कस्तो गाह्रो भएको छ” भन्दै पानी बोकेर प्रख्यातले खुर्सानीमा हाल्यो र पानी कम भएर ओइलिएको बोट केही समयमा परिवर्तन देख्यो।

कालीकोट। हालः चन्द्रागिरी ८ काठमाडौं

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *