ईश्वर साउद (भिक्षु)
देशका मुना साना नानी बाबु हो
हेर ती कैयन दिदिबहिनीलाई !
बिहानी घाम नझुल्किदै मिच्दैँ आखा
आँगनमा निस्कन्छिन्।
हातमा सानो खेलौना,
खुट्टामा च्याच्या चप्पल ।
कुरा उल्टो, काम सिधा
आहा ! कति हाँसो लाग्छ बाआमालाई
मुना स्कुल जान्छिन् बिहान ती
झोला बोक्छिन् आमाले ।
“गुरुमाले राम्री भनिदिनुभयो भने
त मीठो अनार पाउँछु,” भन्छिन्
पाठशालाबाट फर्किँदा बाटोभरि गर्दै कुरा
लुखुर लुखुर घर आउँछिन् !
“आज मैले साथीहरूसँग मिली मीठो गीत गाएँ,
समातेर हात उठाएँ, धेरै अंक जितेँ।”
हाम्रो संसार तप्प तप्प पानीको थोपा हो,
कहिले आगनीमा,
कहिले मनमा टप्प टिपिन्छ।
बाआमा हाँस्नुहुन्छ, दिदीले गालामा म्वाई दिन्छिन्।
फेरि मुना भन्छिन्,
“म ठूली भएपछि पाईलट वा ईन्जिनियर बन्छु!”
अर्को दिनमा मुना बिरामी परिन्,
हिजोको अनार धेरै परेछ।
आमाले हात समातेर भनिन् “बाबु, अलि थोरै मात्र खाऊ है!”
अह मुना त मुना नै हुन्, भोलिपल्ट फेरि स्कुल जान्छिन्।
उनी भन्छिन्-
“सिकाइ रमाइलो छ नि,
म डराउदै~डराउँदिन!”
रामारोशन-६ अछाम