मीना चौँलागाई

आहा कति राम्रो मेरो पुतलीझैँ नाना

घुमीघुमी नाच्छु म त बजाइदेऊ गाना।

दसैँ आयो भनेर सबको मनमा रमाइलो

दिन पनि शरदको आहा कति घमाइलो।

कोरी बाटी चट्ट पर आमा भन्नुहुन्छ

मामाघर आउनु छिट्टै मामा भन्नुहुन्छ।

चिची र माम खाएर चट्ट राम्री भएर

रातो टीका लाउनुपर्छ मामाघर गएर।

दक्षिणा नि पाइन्छ चिची पनि खाइन्छ

नयाँ राम्रो नाना किनी फेरि फेरि लाइन्छ।

पुतली नि खुसी छे जामा लाउन पाएर

म त झनै खुसी छु  मामाघरमा  आएर।

कति राम्री भान्जी मेरी मामा भन्नुहुन्छ

भोलि घर फर्किनु छ आमा भन्नुहुन्छ।

अब अर्को दसैँमा नि रमाउँला यसरी

सबै साथीहरूलाई सम्झना छ बेसरी।

पाँचखाल, काभ्रे

0Shares

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *