विवेक शर्मा गौतम
अनुजले स्वच्छ आचरणमा रहन सिक्ने कसम खायो । शिक्षकले कक्षामा पढाउँदै भने- “आफैले कपडा किन्ने, रातो, नीलो र सेतो रङले रङ्गिएको झण्डा बनाउने, ल ! चिटिङ नगरी सत्यनिष्ठा आचरण र देशप्रति माया देखाउनसक्यौ भने गर्वको कुरा हुन्छ।” सदाचार पाठको प्रयोगात्मक प्रयोजनको लागि उसले झण्डा बनाउने पैसा माग्दै आमासँग भन्यो- “आमा ! पैसा चाहियो ।” आमाले सोधिन्- “के गर्ने ?” अनुजले भन्यो- “झण्डा बनाउने ।” आमाले सोधिन्- “किन झण्डा बनाउने ?” अनुज मुस्कुराउँदै भन्यो- “स्कुलमा प्रदर्शनी छ। यो हाम्रो देशको पहिचान हो । झण्डा भनेको हाम्रो गौरव हो।” कुरा सुन्दा आमालाई गर्व लाग्यो र सोधिन् “कति चाहियो ?” अनुजले जवाफ दियो- “रू. पाँच सय मात्र ।” आमाले सुर्केथैलीबाट पाँच सयको नोट झिकेर दिदै भनिन्- “कपडा किन्दा कमिशन नखानु, ल !” उसले स्वीकाऱ्यो।
रुकुम। हालः संयुक्त राज्य अमेरिका